Comments Add Comment

निर्वाचनलक्षित सीमा नाका बन्द

२ मंसिर , काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सीमा नाका बन्द गरिएको छ ।

आइतबार हुने निर्वाचनलाई मध्यनजर गरी नेपालसंग जोडिएका सीमा नाका बन्द गरिएको हो । यसैक्रममा कपिलवस्तुको कृष्णनगर, चाकरचौडा, मर्जादपुर लगायतका नाकामा आवतजावत गर्ने सवारी साधन रोकिएपनि मतदातालाई भने चेकजाँचका आधारमा आवतजावत गर्न दिइने कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी धवेन्द्र कुमार मिश्रले जानकारी दिए । निर्वाचन हुनु ७२ घन्टा अघिदेखि स्थिर अवधि शुरु हुने हुँदा प्रचारप्रसार तथा अन्तराष्ट्रिय सिमानाका समेत बन्द हुने नियम छ ।

३ लाख ७८ हजार २ सय ३२ मतदाता रहेको कपिलवस्तुमा ३ प्रतिनिधि ६ प्रदेश सभा निर्वाचनका लागी एमाले, सत्ता गठबन्धन, जसपा, लोसपा, राप्रपा, स्वतन्त्र गरी एक सय ४३ उम्मेदवार चुनावी मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै