Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा सुरक्षा व्यवस्था कडा एसपी वलीको कमान्डमा सुरक्षाकर्मीहरु परिचालन

३ मंसिर , काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै दाङमा सुरक्षा व्यवस्था चुस्त पारिएको छ ।

जिल्लामा नेपाल प्रहरी र म्यादी प्रहरी गरि ३ हजार ४ सय प्रहरीहरु खटाएको छ ।प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर वलीले जानकारी दिनुभएको छ ।

दाङको सबै निर्वाचन क्षेत्रहरुमा दाङ जिल्ला प्रहरी प्रमुख एसपी वलीको कमान्डमा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताए ।

प्रहरीको गस्ती टोलीले दाङसंग जोडिएको सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल-भारतको खुला नाकाका कारण हुनसक्ने आपराधिक क्रिया कलापलाई रोक्न सवारी चेकजाँचमा पनि कडाइ गरेको छ ।

दाङ प्रहरी प्रमुख एसपी वलीले उम्मेदवार र मतदाताको सम्पूर्ण सुरक्षा व्यवस्था मिलाइएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै