Comments Add Comment

Advertisment

SKIP THIS

तनहुँमा दिउँसो १ बजेदेखि मतगणना हुने

५ मंसिर , काठमाडौँ । तनहुँमा मतगणना कार्य आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ । राजनीतिक दल, उम्मेदवारसहितको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

आइतबार राति अबेरसम्म मतपेटिका व्यवस्थित गर्नुपरेकाले बिहानैदेखि मतगणना गर्न नसकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिए । निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी राति अबेर सुतेका कारण मत गणना गर्न ढिलाइ हुन गएको हो । उनले भने, ‘बिहान १० बजे बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको थियो ।’

तनहुँका दुई निर्वाचन क्षेत्रमा कूल दुई लाख ४८ हजार चार सय ९५ मतदाता रहेकामा ५४ प्रतिशत मत खसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै