६ मंसिर , काठमाडौं । प्रतिनिधि सभातर्फ रूपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलसँगको मतान्तर घटाएका छन् ।
निरन्तर अग्रता लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका पौडेलले २५४४ मत ल्याएका छन् भने एमाले उपाध्यक्ष पौडेलले २३४४ मत प्राप्त गरेका छन् । यसअघि मंगलबार बिहान ८ बजेको मतगणना अनुसार एमाले उपाध्यक्ष पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पौडेलभन्दा ३०० मतले पछाडि थिए । उक्त क्षेत्रमा राष्ट्रिय जनमुक्ति पार्टीका केशव बहादुर थापा (सूर्यवंशीले) १८६१ मत प्राप्त गरेका छन् ।







