पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ मा खुकुरी प्रहार गरेर एक जनाको हत्या भएको छ भने एक जना सख्त घाइते भएका छन् ।
आपसी झगडामा विवाद हुँदा अज्ञात व्यक्तिको खुकुरी प्रहारबाट बाग्लुङका ४६ वर्षीय दिलिपकुमार पुनको घटनास्थलमै मृत्यु भएको र स्थानीय विष्णु काउछा घाइते भएको पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कँडेलले बताए ।
घाइतेको बुटवलमा उपचार भइरहेको छ । खुकुरी प्रहार कसले गर्यो र के कारणले घटना घट्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




