२४ असार ,काठमाडौ । काठमाण्डौं जिल्ला स्थित विष्णुमती नदीको गोङ्गबु जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले टेकु दोभान सम्मको नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउनको लागि जल तथा मौसम बिज्ञान विभागले जनाएको छ ।