Comments Add Comment

Advertisment

SKIP THIS

धनुषा प्रहरीद्वारा साढे १९ किलो गाँजा बरामद

७ मंसिर , काठमाडौँ । सबैला नगरपालिका-१२ रघुनाथपुर नहरचोकबाट अवैध लागूऔषध गाँजा १९ किलो ५ सय ग्राम मंगलबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी बरमझीयाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जना व्यक्तिले मोटरसाइकलमा बोकी ल्याएको बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको हो ।

हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै