Comments Add Comment

Advertisment

SKIP THIS

भक्तपुर २ ‘क’ मा एमाले र ‘ख’ मा नेकपा एस विजयी

८ मंसिर , काठमाडौँ । भक्तपुर निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा क र ख को प्रदेशसभा सदस्यमा नेकपा एमाले र नेकपा एकिकृत समाजवादी का उम्मेदवार निर्वाचित भएका छन् ।

प्रदेशसभा क मा एमालेका किरण थापा र ख मा नेकपा एसका डा राजेन्द्रमान श्रेष्ठ विजयी भएका हुन् । आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रदेशसभा क मा एमालेका उम्मेदवार थापाले गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका विष्णुराज कार्कीलाई तीन हजार एक सय ८५ मतान्तरले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृत लोकनाथ पराजुलीले जानकारी दिए ।

एमालेका थापाले १५ हजार एक सय १८ मत ल्याए भने उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कार्कीले ११ हजार नौ सय ३३ मत प्राप्त गरे । त्यस्तै नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सरोजराज गोसाईले तीन हजार ८६ मत प्राप्त गरेका थिए भने राप्रपाका उम्मेदवार बिक्रम थापाले चार हजार दुई सय ७० मत ल्याएका थिए।

त्यसैगरी प्रदेशसभा (२) मा गठबन्धनका उम्मेदवार नेकपा ९एकिकृत समाजवादी०का डा राजेन्द्रमान श्रेष्ठले एमालेका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठसँग तीन सय १० को मतान्तरले विजयी भएका हुन् । डा श्रेष्ठले आठ हजार तीन सय ४१ मत प्राप्त गरी विजयी भए भने एमालेका श्रेष्ठले आठ हजार ३१ मत प्राप्त गरे ।

विसं २०७४ को निर्वाचनमा पनि डा श्रेष्ठ एमालेबाट विजयी भई वाग्मति प्रदेशसभामा निर्वाचित भएका थिए । त्यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेदवार रमेश वैद्यले छ हजार आठ सय ३१ मत प्राप्त गरे भने राप्रपाका उम्मेदवार पञ्चकृष्ण श्रेष्ठले तीन हजार सात सय ५० मत ल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै