१० मंसिर , काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रको चुनावमा धाधँली भएकाले पुनः मतदान गर्न माग गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका खनालले मत गणनाको क्रममा खसेको मतभन्दा धेरै गणना भएकाले पुनः मतदान गर्नुपर्ने दावी गरेका छन् । उनले सुरुबाटै त्रुटिहरु देखिएको बताएका छन् ।
उनले खसेको भन्दा धेरै गणना कसरी हुन्छ ? भन्दै भनेका छन्, ‘कुनै ब्रम्हाले ल्याएर त त्यहाँ राखेनन् होला । त्यो धाँधलीकै प्रमाण हो ।’







