Comments Add Comment

Advertisment

SKIP THIS

एमालेलाई हराउँदै रामेछापमा कांग्रेसका कान्छाराम विजयी

११ मंसिर , काठमाडौँ । प्रतिनिधिसभामा रामेछापबाट नेपाली कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) निर्वाचित भएका छन् । तामाङले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गरेका हुन् ।

कांग्रेस रामेछापको जिल्ला सभापति तामाङले ४७ हजार ९८ मत पाउँदा ढुङ्गेलले ३० हजार ७२९ मत प्राप्त गरे । २०७० मा कांग्रेसको समानुपातिक उमेदवारको बन्दसूचीमा परेका थिए । २०७४ को प्रतिनिधिसभा रामेछापमा पराजित भए । यसपटक उनले ढुंगेलसँग बदला लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै