Comments Add Comment

Advertisment

SKIP THIS

समानुपातिकतर्फको ८४ लाख मत गणना सम्पन्न

११ मंसिर , काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगले आज अपराह्न १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । मतगणना निरन्तर भइरहेको आयोगले जनाएको छ । पछिल्लो विवरण अनुसार मतपरिमाणमा नेकपा (एमाले) ले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र) ले नौ लाख ६९ हजार तीन सय ९६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख २८ हजार एक सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले दुई लाख ८९ हजार आठ सय ६८, नेकपा (एकीकृत समाजवादी) ले दुई लाख २४ हजार एक सय ७१ मत प्राप्त गरेका छन् । आयोगका अनुसार जनमत पार्टीले दुई लाख २३ हजार नौ सय ७९, नागरिक उन्मुक्ति पार्टीले एक लाख ९८ हजार ३४, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख २० हजार आठ सय ४८, नेपाल मजदुर किसान पार्टीले ७० हजार २२, हाम्रो नेपाली पार्टीले ४७ हजार नौ सय ७१, राष्ट्रिय जनमोर्चाले ४३ हजार एक सय १६ र मङ्गोल नेशनल अर्गनाइजेशनले ४३ हजार ९८ मत प्राप्त गरेका छन् ।

समानुपातिक निर्वाचन प्रणालीमा सहभागी भएका कूल ४७ दलमध्ये सबैभन्दा अन्तिममा रहेको नेश्नलिष्ट पिपल्स पार्टीले एक हजार तीन सय ७४ मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै