Comments Add Comment

Advertisment

SKIP THIS

उपत्यकामा श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने समातिए

११ मंसिर , काठमाडौँ । काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट श्रृङ्खलावद्ध रुपमा मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ४ घर भई हाल ललितपुरको इमाडोल बस्ने २८ वर्षीय भूपेन्द्र बहादुर बुढामगर रहेका छन् ।

विभिन्न स्थानहरुमा पार्किङ गरी राखिएका मोटरसाइकलहरु चोरी भएको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले एयरपोर्टबाट उनलाई पक्राउ गरेको हो । उनको साथबाट भक्तपुरको राधेराधे स्थित भाटभटेनी सुपरमार्केटको पार्किङस्थलबाट चोरी भएको मोटरसाइकल बरामद भएको छ । यस्तै विभिन्न मितिमा उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङबाट ३ थान मोटरसाइकल चोरी गरेको खुल्न आएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनलाई थप अनुसन्धान र कारबाही प्रक्रियाका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै