Comments Add Comment

Advertisment

SKIP THIS

एमाले नेतृत्वको सरकार आवश्यक : विष्णु

१२ मंसिर , काठमााडौं । रुपन्देही क्षेत्र नं २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले हालैको निर्वाचनमा कुनै व्यक्ति वा दलले नभई लोकतन्त्रको जित भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, ‘यो कुनै व्यक्ति तथा पार्टीको नभएर लोकतन्त्रको जित हो, लोकतान्त्रिक प्रणालीको जित हो ।’ उनले आफू पनि सो क्षेत्रबाट जनताको अमूल्य मतका आधारमा निर्वाचित भएको र यो निर्वाचनलाई आफूले काँधमा आएको अभिभाराका रुपमा लिएको बताए ।

उनले देशलाई निकास दिन राजनीतिक स्थायित्वको जरुरी भए पनि कुनै दललाई बहुमत नआएको बताउँदै अहिलेको जनादेशलाई नै स्वीकार गरेर त्यसअनुरुप नै अगाडि बढ्ने बताए । देशमा निकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको पनि उनले बताए ।

देशमा स्वस्थ लोकतान्त्रिक मान्यतालाई अघि बढाउन निर्वाचनको प्रचारका दौरान जनताका बीचमा गएको तर आफूले कसैको विरोध नगरेको भन्दै उपाध्यक्ष पौडेलले सबै मतदाताको भावना बुझेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

नेता पौडेलले निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताए । पत्रकारको एक जिज्ञासामा उनले सरकारको नेतृत्वका लागि अवसर प्राप्त भएमा पार्टीले प्रधनमन्त्रीका लागि पार्टी अध्यक्ष केपी ओलीलाई नै अघि सार्ने पनि स्पष्ट पारे ।

निर्वाचनपछि अब आफू भौतिक संरचनाका साथै मानवीय विकासका काममा केन्द्रित हुने बताउँदै निरन्तर खबरदारी र समीक्षात्मक विवेचना गर्न पत्रकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै