Comments Add Comment

Advertisment

SKIP THIS

प्युठानमा आमा र छोरा हत्याको आरोपमा श्रीमान कमल पक्राउ

प्युठानमा आमा र छोरा खरबारीमा मृत फेला परेका छन्।

जिल्लाको नौबहिनी गाउँपालिका –३ की २२ वर्षीया रिमा बुढा र उनका ३ वर्षीय छोरा मुस्कान घरनजिकै खरबारीको पाखोमा मृत अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी ईश्वर थापाका अनुसार शुक्रबार राति आमा रिमाको शव फेला परेको हो। रिमाको शव फेला परेभन्दा केही मुन्ति शनिबार दिउँसो दुई बजे तिर छोरा मुस्कानको शव फेला परेको हो।

रिमा र मुस्कान कात्तिक २७ देखि हराइरहेका भनिएको थियो। उनीहरू हराएको खबर शुक्रबार मात्रै माइती पक्षले प्रहरीमा दिएका थिए।

रिमाका श्रीमान कमल बुढा मगर घरमै भए पनि उनीहरू हराएका बारेमा प्रहरीमा कुनै सूचना दिएका थिएनन्।

‘माइती पक्षबाट खबर पाएकै दिन दिउँसोदेखि बेपत्ता आमाछोराको खोजीमा प्रहरी गएको हो,’ डिएसपी थापाले भने, ‘रिमाको शव फेला परेको थियो। राति भएकाले फर्किएका थियौं। शनिबार छोराको शव पनि फेला परेको हो।’

भिर मुन्तिर खरबारीको कान्लोमा फेला परेको आमाछोराका शवमा घाउखत रहेको डिएसपी थापाले बताए। तर चोट भिरबाट लडेर लागेको हो वा हत्या गरी कसैले खसालेको हो भन्नेबारे अनुसन्धान हुन बाँकी रहेको उनले बताए।

रिमा र मुस्कानको शव फेला परेको स्थान उनीहरूको दैनिक प्रयोग हुने कामकाजी बाटो आसपास होइन। खरबारीमा शव फेला पर्नु शंकास्पद रहेको र आमाछोरा हिँड्दै गर्दा लडेको अनुमान गर्ने आधार नदेखिएको डिएसपी थापाले बताए।

घटना अनुसन्धान गर्न रिमाका २३ वर्षीय श्रीमान कमललाई शनिबार दिउँसो नियन्त्रणमा लिइएको पनि डिएसपी थापाले जानकारी दिए। कमल ज्याला-मजदुरी गर्छन्।

रिमा र मुस्कानको शव पोस्टमर्टमपछि शनिबार बेलुकी आफन्तलाई बुझाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै