Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागू औषधसहित भारतीय नागरिक पक्राउ

१३ मंसिर , काठमाडौँ । अवैध लागु औषधसहित झापाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

मेचीनगर नगरपालिका– १० धुलाबारी बजारबाट ब्राउन सुगरसहित भारतीय नागरिक २२ वर्षीया रजिया आलमलाई सोमबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागु औषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनलाई अवैध लागू औषधसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment