Comments Add Comment

Advertisment

SKIP THIS

अस्पतालमा पार्टनरसीप दिलाइदिने भन्‍दै रकम ठगी गरेको आरोपमा भारतीय नागरिक पक्राउ

२५ कात्तिक , काठमाडौ । महानगरीय अपराध महाशाखाले अस्पतालमा पार्टनरसीप दिलाइदिने भन्‍दै रकम ठगी गरेको आरोपमा एक जना भारतीय नागरिकलाई पक्राउ परेको छ ।

आफू मेडिकल व्‍यवसाय गर्ने गरेको र नेपालस्थित मणिपाल अस्पताल खरीद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी गरी अस्पतालमा पार्टनरशीपको प्रलोभन दिइ ठगी गरी रकम भुक्तानी लिने गरेको सूचनाको आधारमा उनलाई बालुवाटारबाट अपराध महाशाखाले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत कोडामबाक्कम, तमिलनाडु घर भइ हाल काठमाडौं महानगरपालिका(४ वालुवाटारमा बस्‍दै आएका ४४ वर्षीय शिवम विरुमुथु रहेका छन् ।

पक्राउ परेका उनीमाथि थप अनुसान्धान भइरहेको र आवश्‍यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको अपराध महाशाखाले जनाएको छ ।

उनी २०७२ साल जेठ २२ गते पक्राउ परी वैदेशिक रोजगार सम्ब‍न्धी कसूरमा डिल्लीबजार कारागारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार धरौटी तिरेर रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment