२२ असार , काठमाडौँ । सिन्धुलीमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आज बिहान सुनकोशी गाउँपालिका ६ सितलपाटीमा सिराहाबाट भैसी लोड गरी काठमाडौँ आउँदै गरेको वाग्मती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रीत भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
सिराहाको विष्णुपुरकट्टि १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भ्यान सडकबाट अन्दाजी डेढसय मिटर तल खसेको थियो । उक्त दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


