Comments Add Comment

Advertisment

SKIP THIS

अवैध लागूऔषधसहित पक्राउ

२३ जेठ , काठमाडौं । बेलौरी नगरपालिका-१० शिवनगर बस्ने ३८ वर्षीय बलराम चौधरीलाई करिब १२ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतको सिमाना हुँदै नेपालतर्फ शंकास्पद रूपमा आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।

सर्लाही, मलंगवा नगरपालिका-९ स्थितबाट करिब १३ केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-९ बस्ने १८ वर्षीया किशोरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । टाउँकोमा बाँसको ढाकीमा सामान बोकी मलंगवाबाट भारतको सोनवर्षातर्फ गईरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ बोकेको ढाकी खेतमा घोप्टयाई सो ठाउँबाट भागेकी उनलाई सोही नगरपालिका-९ बस्ने धनराज साहको घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । साथै उनले फालेको ढाकी तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका-८ महेश्वरी खेल मैदान नजिक मोटर ग्यारेजमा पार्किङ गरी राखेको बा.४ ख ९३१४ नम्बरको टिपरबाट करिब ९ सय ७० ग्राम अवैध लागूऔषध पोल्याण्ड सहित टिपर चालक भक्तपुर नगरपालिका-४ नासमना बस्ने २८ वर्षीय बीरेन्द्र राजभण्डारी सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त टिपरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले टिपर तलासी गर्दा टिपरको ड्यास बोर्डमा लुकाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

अवैध लागूऔषधसहित पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

अवैध लागूऔषधसहित पक्राउ