Comments Add Comment

Advertisment

SKIP THIS

‘चुनावमा धाँधली भयो, सर्वसाधारणमाथि गोली चलाइयो’

१३ मंसिर , काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारले चुनावमा धाँधली गरेको आरोप लगाएका छन् ।

मंगलबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा उनले यस्तो बताएका हुन् । एमालेका कार्यकर्तामाथि धरपकड र गोली प्रहार गरेर सरकारले निरंकुशता देखाएको उनको आरोप छ ।

सरकारले निर्वाचनका क्रममा प्रशासनको दुरुपयोग गरी चुनाव जित्न खोजेको समेत उनले बताए । उनले बाजुरा दोलखालगायतका जिल्लामा धाँधली भएको समेत बताए । ओलीलाई बधाई दिँदै कार्यकर्ताहरूले प्रधानमन्त्री बुनोस् भनी शुभेच्छासमेत प्रकट गरेका थिए । संसदीय निर्वाचनको नतिजा हेर्दा कांग्रेस र एमालेबीच ९-१० सिटको फरक पर्ने देखिएको छ ।

त्यही कारण एमाले पनि सरकार बनाउने गृहकार्यमा जुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै