सशस्त्र आईजीपी राजु अर्यालद्वारा बिभागीय प्रमुखहरु सँग कार्यसम्पादन सम्झौता -
Comments Add Comment

सशस्त्र आईजीपी राजु अर्यालद्वारा बिभागीय प्रमुखहरु सँग कार्यसम्पादन सम्झौता

१३ भदौ , काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल समक्ष बिभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु तथा सशस्त्र प्रहरी नायव महानिरीक्षकहरुले आर्थिक वर्ष २०७९/०८० को बार्षिक कार्यसम्पादन करार सम्झौता गर्नुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा शुक्रबार आयोजित समारोहमा उक्त कार्यसम्पादन करार सम्झौता भएको हो ।

उक्त समारोहमा बिभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम तथा बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षकहरु बंशीराज दाहाल, ई.किशोर प्रधान, कमल गिरी, गणेश ठाडामगर, अभिकुमार खत्री, कुल बहादुर नेम्वाङ्ग, दुर्गा प्रसाद भट्टराई, शम्भु सुवेदी र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालिदास धौवजीले महानिरीक्षक अर्याल समक्ष कार्यसम्पादन सम्झौता गर्नुभएको हो ।

सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई जिम्मेवारीप्रति अझ बढि प्रतिवद्ध, कानून कार्यान्वयनमा अझै बढि दृढ तथा तोकिएको कार्य समय, पदिय अधिकारको सीमा र जिम्मेवारीसँग आवद्ध गर्दै उक्त सम्झौता गरिएको हो । सम्झौतापछि महानिरीक्षक अर्यालले समसामयिक विषयमा निर्देशन समेत दिनुभएको थियो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै