
१० कार्तिक ,काठमाडौ । बलात्कार मुद्दाका फरार एकजना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ घर भएका २९ वर्षीय रोहन विक भन्ने रोहन श्रेष्ठलाई पक्राउ गरेको हो ।

श्रेष्ठले २०७२ असार २६ मा काठमाडौंको कागेश्वरी मनहरा नगरपालिकामा एक युवतीलाई बलात्कार गरेका थिए । युवतीलाई फकाएर कागेश्वरी मनहरा–७ स्थित एउटा गेष्ट हाउसमा लगेर उनले बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

सो मुद्दामा उच्च अदालत पाटनले २०७५ जेठमा उनलाई ५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो । उनलाई सिन्धुपाल्चोकको सिपाघाटबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको सिआइबीले जनाएको छ ।




