Comments Add Comment

Advertisment

SKIP THIS

जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ

१३ चैत , काठमाडौं । झापा र बागलुङ जिल्लाको छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार झापाको बिर्तामोड नगरपालिका-६ डेरा गरी बस्ने ३८ वर्षीय हंस बहादुर नेम्वाङको कोठामा तास खेलिरहेको अवस्थामा नेम्वाङ सहित १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उनको कोठामा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४५ हजार रूपैयाँ, भारतीय २२ हजार ५ सय रूपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी बागलुङको बागलुङ नगरपालिका-३ मुलपानी बस्ने प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने दिवसराज पन्त लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

रेग्मीको घरमा कौडा (जुवा) खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १ हजार रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment