Comments Add Comment

Advertisment

SKIP THIS

बालाजुमा सुन-चाँदीको गर-गहना लुटेर भाग्दै गरेको अबस्थामा एक जनालाई प्रहरीले पक्राउ

२७ फागुन , काठमाडौ । काठमाडौको माछापोखरी चोकबाट प्रहरीले सुन-चाँदीका गर-गहना लुटपाट गरेर भागेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौ महानगरपालिका-१६ माछापोखरी चोकस्थित झोला बोकेर बाटोमा हिडिरहेका नुवाकोट सूर्यगढी २ घर भई हाल बालुवाटार बस्ने बर्ष २५ का राज कुमार तामाङको सुन-चाँदीका गर-गहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार प्रहरीले पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसपी दिनेश मैनाली बताए ।

राज कुमारको सुन-चाँदीका गर-गहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा कुमारी गल्लीबाट पक्राउ गरेको हो । उनको साथबाट १ तोला सुनको मंगल सुत्र, १ थान चाँदीको ब्रासलेट र १ थान रातो पोते माला प्रहरीले बरामद गरेको एसपी मैनाली बताए ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी वृत्त बालाजुले पक्राउ परेको ब्याक्तीलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment