Comments Add Comment

Advertisment

SKIP THIS

जुम्ला विमानस्थलमा बेहोस भेटिएका युवकको मृत्यु

१६ मंसिर , काठमाडौं । जुम्ला विमानस्थलमा बेहोस अवस्थामा भेटिएका कैलाली घर भएका एक युवकको मृत्यु भएको छ। जुम्ला प्रहरीका अनुसार बेहोस अवस्थामा भेटिएका ती युवकको उपचारको क्रममा मृत्यु भएको हो ।

शुक्रबार बिहान साढे १० बजेको समयमा जुम्लाको चन्दननाथ नगरपालिका–१ स्थित जुम्ला विमान स्थलको पश्चिमतर्फको तार जालीभित्र कैलालीको टिकापुर नगरपालिका ७ शतिगाउँका अन्दाजी २८/२९ वर्षका रामप्रसाद जैसी बेहोस अवस्थामा भेटिएको प्रहरी निरीक्षक धर्मराज जोसीले बताए ।

उनका अनुसार बेहोस अवस्थामा फेला परेका जैसीको उपचारको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान जुम्लामा गलिएको थियो । प्रतिष्ठानका डाक्टरले जैसीलाई उपचारमा क्रममा मृत घोषणा गरेका प्रहरीले जनाएको छ । उक्त स्थानमा थप अनुसन्धानको प्रहरीको टोली खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै