Comments Add Comment

Advertisment

SKIP THIS

समयमै प्रसुति सेवा नपाउँदा वडा सदस्यको मृत्यु

१८ मंसिर , काठमाडौं । समयमै प्रसूति सेवा नपाउँदा कपिलवस्तुमा एकजना महिलाको मृत्य भएको छ । विजयनगर गाउँपालिका वडा नं. ३ का वडा सदस्यसमेत रहेकी माधुरी लोहारको प्रसूति सेवा नपाउँदा ज्यान गएको हो ।

गत स्थानीय तह निर्वाचनमा जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट वडा सदस्यमा निर्वाचित लोहोरको सुत्केरी व्यथाले च्यापे पनि समयमा उपचार नपाउँदा निधन भएको जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताए ।

उनले प्रसूति सेवाकै अभावमा महिला जनप्रतिनिधिले ज्यान गुमाउनु परेको बताउँदै मृतक लोहारलाई उपचारका लागि बुटवल लगिए पनि उपचार सम्भव नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै