Comments Add Comment

Advertisment

SKIP THIS

कतार विश्वकपमा मेस्सीको जोश : ४ खेल, ३ गोल र दुई प्लेयर अफ दी म्याच अनि केही विश्व कीर्तिमान

१८ मंसिर , काठमाडौं । मेस्सीले समूहगत चरणका सुरुका दुई खेलमा एक एक गोल गरेका थिए। दोस्रो खेलमा मेक्सिकोविरुद्ध एक गोल र एक असिस्ट गरेका मेस्सी त्यस खेलको प्लेयर अफ दी म्याच पनि भएका थिए। तेस्रो तथा अन्तिम खेलमा पेनाल्टीमा चुकेका मेस्सीले शनिबार प्रिक्वाटरफाइनलमा अस्ट्रेलियालाई २-१ गोलले हराउँदा एक गोल गरे। विश्वकपमा मेस्सीले पहिलोपटक नकआउट चरणमा गोल गरेका हुन्। उनी यो खेलको प्लेयर अफ दी म्याच पनि भए।

जारी विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा शीर्षस्थानमा रहेका फ्रान्सका केलियन एमबाप्पे र मेस्सी दुवैले ३ गोल र एक असिस्ट गरेका छन्। स्पेनका अल्भारो मोराटाले पनि ३ गोल र एक असिस्ट गरेका छन्। नेदरल्यान्ड्सका कोडी गाक्पो, इङ्ल्यान्डका मार्कस रासफोर्ड र इक्वेडरका इनर भ्यालेन्सियाले पनि ३/३ गोल गरेका छन्।

मेस्सीले मेक्सिकोविरुद्ध दुईवटा विश्व कीर्तिमान बनाएका थिए। एउटै विश्वकपको एकै खेलमा गोल र असिस्ट दुवै गर्ने जेष्ठ खेलाडीको कीर्तिमान मेस्सीको नाममा बनेको थियो। त्यसै खेलमार्फत उनी पाँच विश्वकपमा असिस्ट गर्ने पहिलो फुटबलर बनेका थिए। शनिबार अस्ट्रेलियाविरुद्धको खेल मेस्सीको क्लब र राष्ट्रिय टोलीका लागि एक हजारौँ खेल थियो। उनले सिनियर क्लब र अन्तराष्ट्रिय फुटबलमामा एक हजार खेल खेल्दै ७ सय ८९ गोल गरेका छन्। यस्तै अर्जेन्टिनी कप्तानका रुपमा पनि मेस्सीको शनिबार सयौँ खेल थियो। अर्जेन्टिनी कप्तानका रुपमा उनले गोल तथा असिस्टसहित सयौँ गोल पनि पुरा गरेका छन्।

मेस्सीले विश्वकपमा भने आफ्नो गोल संख्या ९ पुर्‍याएका छन्। उनले अब एक गोल गर्न सके विश्वकपमा सर्वाधिक गोल गर्ने अर्जेन्टिनी खेलाडीका रुपमा गाब्रियल बाटिस्टुटाको राष्ट्रिय कीर्तिमान बराबरी गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै