Comments Add Comment

Advertisment

SKIP THIS

महरा दोषी देखिए छाड्दिनँ : गृहमन्त्री श्रेष्ठ

१७ भदौ ,काठमाडौ । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा दोषी देखिए नछाड्ने बताएका छन् ।

माओवादी केन्द्रले थालेको विशेष अभियानको शनिबार उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् । माओवादी केन्द्र नेतृत्वको सरकारले कसैलाई पनि नछाड्ने नीति अख्तियार गरेको जिकिर उनको छ ।

बाहिर विपक्षीलाई मात्रै कारबाही गरिएको भन्दै भ्रम छर्न खोजिएको उनको आरोप समेत छ । सरकारले अहिले तीव्र गतिमा भ्रष्टाचारविरोधी अभियान चालिरहेकाले केही तत्व यसलाई प्रभावित बनाउन लागि परेको समेत उनको जिकिर छ ।

तर, जति प्रयास गरेपनि सरकारले खुट्टा नकमाउने उनको प्रतिबद्धता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment