१६ पुष, काठमाडौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन् ।
संसदीय समितिको बैठकमा घटनाबारे जानकारी दिँदै गृहमन्त्री श्रेष्ठले उक्त कुरा स्वीकारेका हुन् ।
यसमा ईपीएस कार्यालय प्रमुखको भूमिका पनि सकारात्मक नभएको गृहमन्त्री श्रेष्ठको भनाइ छ । गृहमन्त्री श्रेष्ठले भने,‘इपीएस कार्यालय प्रमुखको भूमिका सकारात्मक देखिएन, रियाक्टिभ देखियो।’
गृहमन्त्री श्रेष्ठले फिल्डमा खटिएका प्रहरीको कमाण्डर, भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको आफूहरुको प्रारम्भिक बुझाइ रहेको बताए ।
त्यही भएर श्रम मन्त्रालयले उनलाई जिम्मेवारीबाट हटाइसकेको जानकारी गृहमन्त्री श्रेष्ठले बताए ।