Comments Add Comment

Advertisment

SKIP THIS

भन्सार छलीको ३ लाख मूल्य पर्ने ४६ थान मोबाइल रुपन्देही प्रहरीले बरामद

काठमाडौं, भन्सार छली गरी नेपाल ल्याई आफ्नै घरमा लुकाई राखेको ३ लाख बढी मूल्य पर्ने ४६ थान मोबाइल रुपन्देही प्रहरीले बरामद गरेकोे छ ।

रुपन्देहीका सिद्धार्थनगर नगरपालिका–१३ मा बस्ने ४० वर्षीय विशाल जैसवालले आफ्नै घरमा भन्सार छली लुकाई छिपाई राखेको अवस्थाका विभिन्न कम्पनीका मोबाइल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले बताए ।

जैसवालको घरबाट स्क्रिनटच मोबाइल ३६थान, विभिन्न कम्पनीको सादा मोबाइल १०थान र पावर बैङ्क ६ थान बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद मोबाइलको बजार मूल्य ३ लाख ३२ हजार रहेको प्रवक्ता अर्यालले बताए । थप कारबाहीको लागी बरामद मोबाइल र जैसवाललाई भैरहवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै