१५ मंसिर काठमाडौ । सरकारले नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ भित्रन नदिन आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन अहिलेसम्म नेपाल नभेटिएको र भित्रन नदिन सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

ओमिक्रोनको जोखिमलाई मध्यनजर राख्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न पनि सरकारको अग्रह छ । जारी विज्ञाप्तिमा भनिएको छ– ‘कोभिड–१९ ओमिक्रोन भेरिएण्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यवाश्यक काम बाहेक विदेश भ्रमण नगर्न हुन तथा सवधानी अपनाउन हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अपिल गर्दछ ।’
हालसम्म ओमिक्रोन भेरियन्ट नेपालमा फेला परिनसकेको भन्दै डा अधिकारीले यो भेरियन्ट भित्रिन नदिनका लागि आवश्यक निगरानी तथा परीक्षणको दायरालाई फराकिलो पारिएको बताए ।






