कमला र सम्बीराजकाे ‘सिङ्जाङ्गो फूङ’ (भिडियोसहित) -
Comments Add Comment

कमला र सम्बीराजकाे ‘सिङ्जाङ्गो फूङ’ (भिडियोसहित)

२८ पुष , काठमाडौं । पछिल्लो समय मातृभाषा गीतहरु पनि धमाधम आइरहेका छन् । नेपाली संगीत बजारमा लोकसंगीतले ट्रेण्ड लिएसँगै तामाङ सेलादेखि लिम्बू पालाम गीतले युट्युबमा राम्रो भ्युअर्स पाउन थालेको छ । जसले गीतसंगीतप्रति रुची राख्नेहरुका लागि चर्चामा आउन सजिलो भएको छ ।

एक समय समूले नामक एपले गायन प्रतिभाहरुलाई मिडियामा ल्याउने काम गरेको थियो । अहिले टिकटकजस्ता सामाजिक सञ्जालले कलाकार जन्माइरहेको छ ।

यस्तै, समूलेमार्फत उदाएकी गायिका हुन्, कमला लिम्बू । तर, अहिले उनी गायनको मूलधारमा आइसकेकी छन् । तेह्रथुम खाम्लालुङकी गायिका कमलाले केही दिनअघि मात्र एक गीत सार्वजनिक गरेकी छन् ।

गायिका कमलाको पछिल्लो सार्वजनिक भएको गीत हो, ‘सिङ्जाङ्गो फूङ’ । लिम्बू भाषाको यो गीत अहिले युट्युबमा हेर्न सकिन्छ । कमलाको यो तेस्रो गीत हो । नेपाली र लिम्बू भाषाका गीत गाउँदै आएकी कमला भन्छिन्, ‘सिङ्जाङ्गो फूङ’ गीतबाट राम्रै प्रतिक्रिया पाइरहेकी छु ।’

बुधबार ‘पूर्णिमा केरुङ अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक यस गीतमा कमलासँगै सम्बीराज लिम्बूको स्वर रहेको छ । प्रदीप तुखेसाको शब्दरचना रहेको यस गीतमा संगीत राज रोबर्टको रहेको छ । स्टुडियो भिडियोका रुपमा ल्याइएको यो गीत लिम्बू भाषामा भएपनि पूर्वेली लोकभाकालाई फ्य्जन गरिएको छ ।

गायिका कमला लिम्बू भन्छिन्, ‘यो मेरो गीतसंगीतको रहर मेटाउने प्रयास हो । दर्शक श्रोताका माया र हौसलाको अपेक्षा गरेकी छु ।’ साथै, चाँडै आफ्नो नेपाली भाषाको आधुनिक सेसन्मेट गीत आउने उनले बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै


This will close in 20 seconds