Comments Add Comment

Advertisment

SKIP THIS

पदाधिकारी हराएको भन्दै कृषि वन विश्वविद्यालयका विद्यार्थीहरूले टाँसे पोस्टर

१८ मंसिर , काठमाडौं । चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरूले पदाधिकारी हराएको भन्दै पोस्टर टाँसेका छन् । विभिन्न माग राख्दै एक सातादेखि आन्दोलन गर्दै आएको संयुक्त विद्यार्थी संगठनले विश्वविद्यालयका पदाधिकारी हराएको भन्दै पोस्टर टाँस गरेको हो ।

विगत ८ दिनदेखि आन्दोलन गर्दै आएका विद्यार्थीहरूले नारायणगढ बजारको मुख्य मुख्य ठाउँहरू पोखरा बसपार्क, पुल्चोक, शहिदचोक, लायन्स चोक, वीरेन्द्र क्याम्पस, चौबसीकोटी, सप्तगण्डकी, हाकिमचोक, पारस बसपार्क लगायत क्षेत्रमा ‘पदाधिकारी हराएको’ सूचना सहितको पोष्टर टाँस गरेका हुन् ।

विश्वविद्यालयका पदाधिकारीहरूले विद्यार्थीहरूको आवाज नसुनेको भन्दै छैटौं दिन सिट्टी फुकेर निदाएका पदाधिकारीलाई उठाउने प्रयास गरेका थिए । सिट्टी फुकेर पनि नउठेको भन्दै उनीहरूले सातौ दिन एसएमएस गरेर खोज्ने प्रयास गरेका थिए । तर, त्यसपछि पदाधिकारी सम्पर्कमा नआएपछि आठौं दिन पदाधिकारी हराएको सूचनासहितको पोष्टर ठाउँ ठाउँमा टाँस गरिएको अनेरास्ववियु केन्द्रीय क्याम्पस कमिटी अध्यक्ष विक्रम खनालले बताए ।

अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियु (छैटौं) ले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय, प्रशासन, डीनको कार्यालय लगायतमा तालाबन्दी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै