Comments Add Comment

Advertisment

SKIP THIS

आईसीसी क्रिकेट विश्वकप लिग २ : नेपाललाई पहिलो झड्का, आशिफ शेख ७ रन बनाएर आउट

१८ मंसिर , काठमाडौं । नामिबियामा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ ।

नामिबियाको राजधानी वाइण्डहोकमा रहेको युनाइटेड क्रिकेट क्लब मैदानमा जारी खेलमा टस हारेर नेपालले ब्याटिङ गरिरहेको छ ।

स्कटल्याण्डले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि नेपाल ब्याटिङमा उत्रेको हो । यो समाचार तयार पार्दासम्म नेपालले ५ ओभर खेल्दै १ विकेटको क्षतिमा १४ रन बनाएको छ ।

नेपालले आशिफ शेखलाई सस्तैमा गुमाएको छ । शेख ५ बलमा ७ रन बनाउँदै आउट भएका हुन् । स्कटल्याण्डका लागि ब्राण्डन मकमलनले शेखलाई आउट गरेका हुन् ।

यसअघि शुक्रबार नेपालले नामिबियासँग खेलेको थियो । वर्षाका कारण उक्त खेल रद्द भएपछि दुबै टोलीले समान एक अंक बाँडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै