२४ असोज , काठमाडौं । नेपालीहरुको महान चाड दशैं , भारी बर्षादको वावजुद पनि मनाइंदै छ । अहिले पोहोर सालजस्तो मानिसहरुको चहलपहल खासै देखिएको छैन । तैपनि दशैंको यो रमझममा आफन्तहरुको वीचमा मान्यजनको हातबाट टिकाटालाको कार्यक्रम भने खुशियालीकासाथ सम्पन्न गरिंदैछ । बिदेशमा बस्ने आफन्तहरुको सम्झना मनभरी राखेर स्वदेशमा महान पर्वको खुशियाली साटासाट हुंदैछ । खासगरी, यो पर्वमा आफन्त तथा इष्टमित्रहरुवीच खुशी साटासाट गर्ने, आत्मियता बढाई आपसी मनमुटावलाई टाढा राख्ने , सम्बन्धको दरारलाई खुम्च्याई, संकुचित भावनालाई परै राखि एकापसमा सद्भाव कायम राख्ने गरिन्छ । एकातिर अविरल वर्षा भइरहेको छ भने अर्कोतिर मानिसहरु आफ्नो घरमा टीका लगाई आफन्तकोमा आशीर्वाद लिनको लागि टाढा टाढा कोही पैदल हिड्दैछन त कोही विभिन्न सवारी साधनको यात्रामा ब्यस्त छन । यसरी दशैं मनाउँदै गर्दा अविरल वर्षाको कारणले कति त वीच बाटोमा नै अलपत्र परेको अवस्था छ भने कयौं मानिसहरु सडक बाटो अवरुद्व भएकै कारण आफन्तकोमा भेटघाट गर्न जानै पाएका छैनन । तसर्थ, हामी जे जस्तो अवस्थामा छौं, मनमा सन्तुष्टि लिएर आत्म सम्मानकासाथ बाँच्न सिकौंं । चाडवाड आउने जाने क्रमसँगै अव संघ र प्रदेशको चुनाव नजिकिंदै छ । विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरु चाडवाड मान्दै चुनावी माहोलमा पनि होमिएका छन । यसै क्रममा सवै पार्टीले आ- आफ्नो पक्षमा जनमत बटुल्न जनताको अगाडि विभिन्न आश्वासनका पोकाहरु बाँड्न थालेका छन । तर , यसरी निम्न आदरणीय ब्यक्तिहरुले निम्न कुराहरुमा बोल्दै गर्दा कसको कुरा सही या गलत त्यो त समयले बताउला । तथापी, यी कुराहरुप्रति पनि ध्यान दिने कि, शेर बहादुरले बिकृती र बिसंगतिको बिरुद्व बोल्दै देशलाई सिंगापुर बनाउन मन छ भनेको,
– प्रचण्डले आफु शान्तिप्रेमी हुँ , यो देशलाई दस वर्षमा कायापलट गर्न मन छ भनेर भाषण गरेको, ,
-माधव नेपालले नेपालमा बाम एकता आवश्यक छ, उत्तर र दक्षिण कोरीयालाई मिलाउने योगदान मेरै हो भनेको ,
– झलनाथले आफुले बोलेको कुरामा अडान लिनु पर्छ भनेको ,
– बाबुरामले अझै पनि मेरै नीति र सिध्दान्त ठीक हो भन्दै पार्टीलाई सही तरिकाले अगाडि बढाउने हो भने हरेक मानिसमा दृढ निश्चय र संकल्प हुनैपर्छ भनेको,
– भिम रावल र घनश्याम भुषालले देउवा सरकारको बिरोध गरेको ,
– रामचन्द्र पौडेलले यो मेरो अन्तिम चुनाव हो , अहिलेको अवस्थामा माओबादीसँग मिल्नुको बिकल्प नरहेको भनेको,
– कानुनमन्त्रीले न्यायलयबाट अहिले सही तरिकाले न्याय सम्पादन गरिंदैछ भन्दै गरेको । तर ती ब्यक्ति कुन पाटीसँग आवद्व छन पत्तो पाइएन तथापी राजनीतिक यात्रा अगाडि बढाउने क्रममा उनले पोखेका आक्रोसका शब्दहरु जस्ताको तस्तै सामाजिक संजालबाट :
“पार्टिमा लामो संघर्ष गरियो । गोली, बोली र झोली सगसगै बोकियो । कार्यकर्ता र जनता धेरै आफू समर्थित बनाइयो । यसै दौरानमा धेरै नेता पनि बनाइयो । तर, नेता बन्ने रहर लागेन र धेरै नेता चिनियो तर आफुलाई परेको बेलामा कुनै नेताले चिनेनन ! तैपनि यसो सोचेँ ! कुनै नेताको पछि लागेर बैतर्नी तर्नु भन्दा आफनै कमाइमा रमाईनु ठीक जस्तो लाग्यो । किनकी , नेता भनेका त चुनाबको दिन घाम झुल्के जस्तो झुल्किनेलाई पो भनिदो रहेछ । अघिपछि त आउरे, बाउरे धुपौरेहरुको भिडले न नेतालाई राम्रो काम गर्न दिन्छन न आफू सही मार्गमा हिडदारहेछन । बल्ल घैटोमा घाम लाग्यो र थाहा पाए कि, राजननीति र राजनेता कस्ता रहेछन भन्ने कुरा । किनकी, चुनाब जितेको भोलिपल्टदेखि फोन नम्बर फेरेर मोबाइल नै स्विच अफ अनि कसरी बिकासको आशा गर्ने ? दिक्क लाग्यो । ” यसर्थ भन्नै मनलाग्यो,
साच्चै, देश बिकास नभएको किन त ?
गरिबले मौका नपाएर , मध्यम बर्गलाई फुर्सदै नभएर, धनीले कुनै मतलवै नराखेर, नीतिगत भ्रष्टाचार मौलाएर, नेताहरु स्वार्थगत मनोबृत्तिमा रमाएर, कार्यकर्ताहरु शक्तिको पूजारी भएर , न्यायालय र प्रहरी प्रशासनमा अनैतिकताको खडेरी छाएर, कर्मचारी प्रशासनमा नानीदेखि लागेको बानि छोड्न मुश्किल भएर नै हो । अन्तमा कहीँ यात्रामा हुनुहुन्छ भने अवीरल वर्षाले बाटो सडकहरु कयौं ठाउँहरुमा अवरुद्व भएका छन बुझेर मात्र यात्रा गर्नुहोला । शुभकामना !


