Comments Add Comment

Advertisment

SKIP THIS

ग्वार्कोमा नेपालको पहिलो फ्लाई ओभरको निर्माण शुक्रबारबाट शुरु हुने

१९ मंसिर , काठमाडौँ । नेपालको पहिलो फ्लाई ओभरको निर्माण कार्य आगामी शुक्रबारबाट शुरु हुने भएको छ । ललितपुरको ग्वार्को चोकमा बन्ने फ्लाई ओभर १४ महिना भित्र सम्पन्न गर्ने गरी शुक्रबारबाट निर्माण थालनी गर्ने तयारी रहेको सडक विभागले जनाएको छ ।

इपीसी (इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन) मोडलमा निर्माण गर्ने गरी विभागले गत साउनमा उक्त आयोजनाको टेन्डर आह्वान गरेको थियो । जसमा आरसी, समानान्तर र रेलिग्रे जेभी टेन्डर छनोटमा परेका छन् ।

कुल १७ करोड ६८ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको जेभी कम्पनीले गत फागुनदेखि आयोजनाको डिजाइन बनाउन सुरु गरेको थियो । आयोजनाको डिजाइन गत साता मात्रै सडक विभागबाट स्वीकृति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै