Comments Add Comment

Advertisment

SKIP THIS

एमसीसीमा तीन माओवादी नेताको ‘नोट अफ डिसेन्ट’

२३ फागुन , काठमाडौ । नेकपा माओवादी केन्द्रले एमसीसीलाई लिएर तीन जना नेताले ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका छन् ।
माओवादी केन्द्रका नेता देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले पार्टीको निर्णयलाई लिएर ‘नोट अफ डिसेन्ट’ दर्ता गराएका हुन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबारको केन्द्रीय समिति बैठकलाई सोबारे जानकारी गराएका हुन् । यस्तै नेता नारायणकाजी श्रेष्ठले पनि एमसीसीको विरोधमा आफ्नो मत बैठकमै राखेको भन्दै अध्यक्ष प्रचण्डले यसबारे केन्द्रीय समितिमा छलफल गर्ने बताए ।

बैठकमा अध्यक्ष प्रचण्डले भने, ‘पार्टी निर्णयको पक्षमा अध्यक्षले र त्यसको असहमतिसहित अर्को नेता कमरेडले विषय प्रस्तुत गरिसकेपछि व्यापक रुपमा केन्द्रीय समितिमा छलफल गर्ने र अन्तिममा एउटा निष्कर्ष निकाल्नुपर्ने हो । एमसीसीबारे हामी दुई जनाले कुरा राखिसकेपछि अन्य केही कमरेडहरुबाट पनि ९देव गुरुङ, लीलामणि पोखरेल र कृष्णबहादुर महराले आफ्नो असहमति जनाएका राख्नुभएको छ ।’

अन्य केही नेताको पनि समान किसिमको असहमति रहेकाले त्यसबारे पार्टीमा छलफल गरेर सम्बोधन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै