Comments Add Comment

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवालाई बनारसमा मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने

१९ चैत , काठमाडौं । भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भोलि बनारस जाँदैछन्।

त्यहाँ देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गर्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

दोस्रोपटक मुख्यमन्त्री बनेका योगी दोस्रो कार्यकालमा पहिलोपटक बनारस आउन लागेका हुन्।

उनले प्रधानमन्त्री देउवासँग भेट्ने तयारी छ। प्रधानमन्त्री देउवासँगको भेटमा उनले दुई देशको धार्मिक, सांस्कृतिक पक्षबारे चर्चा छ।

यसक्रममा योगीले बनारसको विकास कार्यको पनि समीक्षा गर्नेछन्। गत विधानसभा निर्वाचनमा गोरखपुरबाटै विजयी भएका योगी नेपाली समुदायसँग निकट मानिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै