Comments Add Comment

Advertisment

SKIP THIS

म्युजिक भिडियो ‘एकान्तमा’ सार्वजनिक

२९ वैशाख, काठमाडौं । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको  सार्वजनिक भएको छ ।

दार्जिलिङको मिरिकमा छायांकन भएको भिडियोमा प्रतिमा लिम्बू र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् । मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको संगीत र फणिन्द्र राईको ‘एरेञ्ज’ रहेको छ ।

‘एकान्तमा तिम्रो यादले सताउँछ उसैगरी’, ‘छुट्यो बाटो, टुट्यो सपना’, ‘कति कति सम्झनामा ती पुराना क्षणहरु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ । म्युजिक भिडियोको निर्देशन पनि संगीतकार राईले नै गरेका हुन् ।

आपसी मतभेदका कारण श्रीमानले घर छोडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ । गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।

रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियामा रहेका विकरालले करिब एक दर्जन गीत रेकर्ड गराएका छन् । उनको ‘नसम्झिने वाचासँगै’ गीत लोकप्रिय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै