Comments Add Comment

Advertisment

SKIP THIS

अदालतको आदेशले नेपाली सेनाको भर्ना रोकियो

२० मंसिर , काठमाडौँ । अदालतको आदेशले नेपाली सेनाको भर्ना प्रक्रिया रोकिएको छ । सर्वाेच्च अदालतले भर्ना रोक्न अन्तरिम आदेश दिएपछि सेनाको भर्ना अन्योलमा परेको हो ।

थारु कल्याणकारी सभाका महामन्त्री प्रेमीलाल चौधरीले भर्नामा थारु समुदायलाई छुट्टै कोटाको माग गरी दायर गरेको रिटमा अन्तरिम आदेश जारी भएको हो । संविधानमा थारु समुदायलाई छुट्टै कोटाको व्यवस्था भएपनि कानुन नबन्दा उनीहरुले मधेसीको कोटामा सो सुविधा पाउँदै आएका छन् । त्यसविरुद्ध सर्वाेच्चमा एक दर्जन रिट परिसकेका छन् ।

हालै सेनाले सहायक सेनानीको भर्ना प्रक्रिया अघि बढाएको थियो । सर्वाेच्च आदेशसँगै प्रक्रिया रोकिएको नेपाली सेनाले मगलबार एक सूचना जारी गरी जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै