Comments Add Comment

Advertisment

SKIP THIS

बसन्तपुरमा विभिन्न कार्यक्रमसहित मनाइयो ज्यापु दिवश

२२ मंसिर , काठमाडौं । यमोरी पुन्ही अर्थात् ज्यापु दिवसको अवसरमा काठमाडौंको बसन्तपुरमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित र्याली निकालिएको छ ।

बिहीबार (आज) बिहान नेवारी संस्कृति संरक्षणका लागि निकालिएको र्यालीमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी भएका छन् । उनले कार्यक्रमको उद्घाटन गर्दै ज्यापू दिवश तथा उधौलीको शुभकामना व्यक्त गरे ।

आज हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउँदै छन् ।

काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले बिहीबार धुमधामका साथ यःमरी पुन्ही पर्व मनाइरहेका छन् । चामलको पिठोको रोटीभित्र चाकु राखेर बनाइएको विशेष प्रकारको रोटीलाई नेवारी भाषमा यःमरी भनिन्छ । यस दिनलाई नेवार समुदायले यःमरी पुन्हीको रूपमा मनाउने गरेका छन् भने ज्यापु समुदायले ज्यापु दिवसको रूपमा समेत मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै