Comments Add Comment

Advertisment

SKIP THIS

पाल्पामा घर प्लास्टर गर्ने क्रममा खसरे एक जना मजदुरको मृत्यु

२२ मंसिर , काठमाडौ । घर प्लास्टर गर्ने क्रममा खसरे पाल्पाको रामपुरमा एक जना मजदुरको मृत्यु भएको छ ।

बिहीबार रामपुर नगरपालिका–५, बेझाडस्थित दुर्गा केसीको चार तले पक्की घर प्लास्टर गर्ने क्रममा घरमाथिबाट खसेर पर्सा छिपहरमाई वडा नं। ३ मंगलापुरका २५ वर्षीय गजेश कुसुहवाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

घर प्लास्टर गर्ने क्रममा खसेर घाइते भएका कुशवाहालाई उपचारका लागि रामपुर अस्पताल पठाएको थियो । यद्यपि रामपुर अस्पतालमा समेत कुसुहवाको उपचार हुन नसकेपछि थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभास रिफर गरिएको थियो । उक्त अस्पतालमा उपचारको क्रममा घाइते कुसुहवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment