Comments Add Comment

Advertisment

SKIP THIS

समलिङ्गी विवाह सम्बन्धि कानून अमेरिकी संसदबाट पारित

२३ मंसिर , काठडमाडौं । अमेरिकी संसदले समलिङ्गी सम्बन्ध र अन्तरजातीय विवाहलाई संरक्षण गर्ने ऐतिहासिक विधेयक पास गरेको छ।

यस अघि अमेरिकी संसदको माथिल्लो सदन सिनेटले यो विधेयलाई पास गरिसकेको थियो। तल्लो सदनबाट पनि पासको हो । अब राष्ट्रपति जो बाइडेनले हस्ताक्षर गरेपछि यसले कानुनको रुप लिने छ।

राष्ट्रपति बाइडेनले यो ऐतिहासिक विषय भएको भन्दै आफूले गर्वका साथ हस्ताक्षर गर्ने बताएका छन् । तल्लो सदनमा रिपब्लिकन पार्टीका ३९ सांसदले विधेयकको समर्थनमा मतदान गरेका थिए । अहिले अमेरिकी संसदको तल्लो सदनमा डेमोक्रेटिक पार्टीको बहुमत छ।

यद्यपी हालै सम्पन्न मध्यावधी चुनावको नतिजाका कारण आगामी जनवरीबाट रिपब्लिकन पार्टीले बहुमत हासिल गर्नेछ । अमेरिकी सर्वोच्च अदालतले रूढिवादी विचारधाराका न्यायाधीशहरूको नेतृत्वमा गर्भपतनसम्बन्धी पुरानो निर्णयलाई उल्टाइदिएपछि अमेरिकामा यस विधेयकको बहस सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै