Comments Add Comment

बालकोटमा ओली र कांग्रेस नेता केसीबीच भेटवार्ता

२६ मंसिर , काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

ओलीलाई भेट्न कांग्रेस नेता केसी आइतबार साँझ बालकोट पुगेका थिए। उनीहरूबीच करिब दुई घन्टा कुराकानी भएको जनाएको छ।

त्यसक्रममा समसामयीक राजनीतिक घटनाक्रम र चुनाव पछि विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको केसीको सचिवालयले जनाएको छ।

भेटवार्तामा ओलीले नयाँ सरकार गठनबारे चासो राखेका थिए। साथै द्वन्द्वकालीन मुद्दाहरू किनारा लगाउने सहमति भएको केसीको भनाइ छ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको सन्दर्भमा नेपालमा मूल्य घटाउन सत्तापक्ष र प्रतिपक्षको एउटै आवाज हुनुपर्ने दुई नेताको जोड रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै