Comments Add Comment

Advertisment

SKIP THIS

नेशनल लाइफको अत्याधुनिक सुविधा सम्पन्न भवन बन्दै

२८ मंसिर , काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोड रुपैयाँको लगानीमा साततले अत्याधुनिक सेवा सुविधासहितको व्यापारिक भवन निर्माण गर्ने भएको छ ।

यसै क्रममा २०७९ मंसिर २२ गते ७ः३१ बजेको शुभसाइतमा कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहले जग पूजा गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेकी छन् । जग शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, सञ्चालक समितिका सदस्य, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयका कर्मचारीलगायत सो क्षेत्रका वरिष्ठ अभिकर्तासहित करिब एक सय जनाको उपस्थिति रहेको थियो ।

नेपालगञ्जस्थित सुर्खेत रोडमा रहेको करिब साढे चार कठ्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङसहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयसमेत सञ्चालन गर्न सकिनेछ ।

आधुनिक प्रविधिसहित नेपालगञ्जकै नमूना भवनको रुपमा सम्पन्न हुनलागेको हुँदा सो भवन निर्माणपछि नेपालगञ्ज लुम्बिनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ ।
रु ५२ अर्बभन्दा बढी जीवन बीमाकोष रहेको देशकै ठूलो बीमा कम्पनीमध्येको एक नेशनल लाइफ इन्स्योरेन्सले नियामक निकाय नेपाल बीमा प्राधिकरण संग पूर्व स्वीकृत लिई भवन निर्माण आरम्भ गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै