२ माघ , काठमाडौं । आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको ‘ब्ल्याक बक्स’ भेटिएको छ । सोमबार बिहानैदेखि दुर्घटनास्थलमा खोजिकार्य सुरु गरिएको थियो । सोक्रम ब्ल्याकबक्स भेटिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए ।
आज बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली सेनाले उद्धार कार्य जारी राखेको छ । भेटिएका शवहरु गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शवगृहमा राखिएको छ ।
विमान दुर्घटनामा ६८ जनाको शव भेटिएको छ । कास्की प्रहरीका अनुसार आइतबार ६३ शव भेटिएकोमा सोमबार बिहान थप ५ वटा शव फेला पारिएको हो । तीमध्यये २६ जनाको मात्र पहिचान खुलेको छ । तर, शवको पोष्टमार्टम भने अहिलेसम्म पनि हुन सकेको छैन । हराइरहेका ४ जनाको खोजी जारी रहेको शाहीले जनाएका छन् ।