२१ असार , काठमाडौँ । जिल्ला सर्लाही मलंगवा नगरपालिका वडा न. १० स्थित झिमपुलबाट लागूऔषध कोरेक्स ५८ बोट्लसहित हरिपुर नगरपालिका – ४ हरैया बस्ने बर्ष ४१ को मनोज कुमार साहलाई आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले झिमपुलमा BR30F3514 नम्बरको मोटरसाईकल जाँचका क्रममा लागूऔषधसहित साहलाई पक्राउ गरिएको जानकारी दिए ।
प्रहरीले साहले मोटरसाईकलमा ल्याएको लागूऔषध कोरेक्स ५८ बोट्ल बरामद गरेको छ । घटनामा संलग्न साहलाई मोटरसाईकल र मानिस सहित नियन्त्रणमा लिई थप अनुशन्धान भइरहेको प्रवक्ता बुढाथोकीले बताए ।


