Comments Add Comment

Advertisment

SKIP THIS

ब्राजिलका मुख्य प्रशिक्षक टिटेद्वारा राजीनामा

२४ मंसिर , काठमाडौं । ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका छन् ।

कतार विश्व कपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् । गएराति भएको खेलमा ब्राजिललाई क्रोएसियाले पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।

६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै