Comments Add Comment

Advertisment

SKIP THIS

शान्ति सुरक्षा, राजस्व संकलन र सीमा अपराध नियन्त्रणमा सक्रिय बन्दै लुम्बिनी प्रदेश प्रहरी

काठमाडौं, लुम्बिनी प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमेश राज जोशले ३ महिना मै प्रदेश प्रहरीको काम कारबाहीदेखि अन्य सुरक्षाको सवालमा नयाँ सुधारको काम हुन थालेको छ ।

कार्यभार सम्हालेलगत्तै कडारुपमा प्रस्तुत भएका डीआईजी जोशीले लुम्बिनी प्रदेशमा चोरीतस्करी बढेमा र त्यसमा प्रहरीको कुनै संलग्नता देखिए जिल्ला प्रमुख देखि प्रहरी जवानसम्मलाई तत्कालै निलम्बन गरेर कारवाही प्रक्रिया अघि बढाउने निति अख्तियार गरेका छन् ।

प्रहरी कमाण्डमा राम्रो अनूभवि र सफल मानिएका डीआईजी जोशीले प्रहरीको तल्लो युनिटदेखि जिल्ला हुँदै प्रदेशको पुरै प्रहरी संरचनालाई चलायमान बनाएका छन । प्रहरीको फरक योजना सहितको सक्रियताले लुम्बिनी प्रदेश भरि पछिल्लो समयमा अपराधिक घटनाहरु घट्ने क्रम कमी हुँदै आएको छ । उनले तस्करी हुने नाकाहरुमा गस्ती बढाएको जनाउँदै भन्सार कार्यालय रहेको नाकामा राजस्व संकलनमा वृद्धि भएको पनि डिआईजी जोशीले बताए ।

फरार प्रतिवादी पक्राउ, लागूऔषध कारोबार तथा सेवन नियन्त्रण, अपराध नियन्त्रणका लागि नियमित गस्ती तथा अनुगमनलाई प्राथमिकता दिइएको बताए । उनले पुराना फछ्र्योट हुन बाँकी मुद्दा अनुसन्धान तथा कारबाहीको दायरामा ल्याइने, सीमा अपराध नियन्त्रणका लागि भारतीय समकक्षीसँग सहकार्य बढाइने योजना रहेको बताए ।

डीआईजी उमेश राज जोशीले प्रदेशमा अवैध सामान ओसारपसार नियन्त्रण, प्राकृतिक दोहनसहित क्रसरमाथि निगरानी, जेसीबी ट्याक्टर नियन्त्रण, फरार अपराधी पक्राउलगायतका गतिविधिलाई प्राथमिकतामा राखेका छन् ।

लागूऔषध, जुवातास नियन्त्रणदेखि लिएर भ्रष्टाचारविरुद्ध शुन्य सहनशिलता जोशीले अपनाएका छन् । सुशासनमा पनि प्रहरीलाई उभ्याउँदै आएका जोशीले प्रहरी देखेर जनता डराउने होइन भर मान्ने र सुखदुखको साथीको रुपमा भावनाको विकास गराउने आफ्नो मुल अभिप्राय रहेको बताउँछन् ।

लुम्बिनी प्रदेशमा हातहतियार नियन्त्रण, सडक दुर्घटना न्यूनिकरण गर्न लेजर गनबाट गति नाप्नेदेखि लिएर विभिन्न प्रकारका सकारात्मक र सचेतनामूलक अभियानहरु सञ्चालनमा ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै