Comments Add Comment

Advertisment

SKIP THIS

जन्ती सवार बसको ठक्करबाट एकजनाको मृत्यु

२९ मंसिर , काठमाडौँ । पर्वतको जलजला गाउँपालिका–८, नाइलिवाङमा विवाहको जन्ती सवार बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज बिहान करिब सवा ३ बजे पर्वतबाट तनहुँतर्फ जन्ती लिएर जाँदै गरेको ध१ख ४९४ नम्बरको बसले स्थानीय ५० वर्षीय जुठेबहादुर दमाईंलाई ठक्कर दिएको थियो ।

उनको उपचारका क्रममा बागलुङको धौलागिरि अस्पतालमा मृत्यु भएको प्रहरीचौकी मिलनचोक, पर्वतले जनाएको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै