Comments Add Comment

Advertisment

SKIP THIS

विषाक्त मदिराले भारतमा ३७ जनाको मृत्यु

२ पुष , काठमाडौं । विषाक्त मदिरापानबाट पूर्वी भारतको बिहार राज्यमा कम्तीमा ३७ जनाको मृत्यु भएको छ । त्यस क्षेत्रमा रक्सी प्रतिबन्धित छ ।

विभिन्न सञ्चारमाध्यमले मदिरापानबाट मृत्यु हुनेको संख्या ६० भन्दा बढी रहेको जनाएका छन् । भारतका थुप्रै भागहरूमा मदिरा बेच्न र उपभोग गर्न प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो दुःखद घटनाका पीडित परिवारका अनुसार सोमबार विवाह र अरू कार्यक्रममा विभिन्न गाउँका मानिसले स्थानीय रूपमा बनेको ‘महुआ’ वा ‘देशी दारु’ नामले चिनिने टिप्पल पिएका थिए । त्यसपछि धेरैले पेट दुख्ने, दृष्टि गुम्ने र बान्ता हुने गरेको बताएका छन् ।

बिहीबारसम्म २० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको थियो । शनिबार झन्डै एक दर्जन गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन् । “गत ४८ घण्टामा दुई दर्जनभन्दा बढी मानिसले ज्यान गुमाएका छन्,” प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् ।

प्रहरीले पछिल्ला तीन दिनमा अवैध मदिरा उत्पादन तथा बिक्री–वितरणमा संलग्न १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको छ । ६०० लिटरभन्दा बढी अवैध मदिरा बरामद गरेको छ । स्थानीय अधिकारीहरूले कालोबजारी रोक्न ड्रोन, हेलिकोप्टर र मोटरबोटको प्रयोग गरिरहेका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै